१० श्रावण २०८१, बिहीबार

वाटुल्पाते वनस्पति, मरिच र जौ सेवनले कोरोना भाइरस लाग्दैन



– महामारी भनेको उपचार छैन भन्ने हो तर कोरोनाको उपचार छ


हालको जस्तो कठोर र त्रासदीमय अवस्था विश्वमा पहिले कहिल्यै आएको थिएन । तथ्यगत आधारमा टिप्पणी गर्नु र तर्क गर्नु एउटा अवस्था हो भने समाधानको उपाय सवैभन्दा महत्वपूर्ण विषय हो । मानव सभ्यताभित्र यस्तो काहली लाग्दो दिन कहिल्यै आएको महसुस हुदैन ।

रक्षात्मक र निरिह विकल्प हामीले रोजेका छौं । मानवीय स्वास्थ्य र संवेदनशीलता भित्र विकल्पको विकास हुँदाहुदै पनि कर्पोरेट सिद्धान्तलाई हामीले स्विाकारेर बसेका छौं । मानिलिउ हामी वैधानिक कठपुतली बनेका छौ ।
महामारी र प्राणघातक भन्नुको तात्पर्य कुनै विकल्प छैन भन्ने हो । हालको यो भाइरमा यो चरित्र भेटिदैन । त्यसैले यो महामारीको भाइरस होइन ।

विना औषधि पनि भाइरसलाई परास्त गरेर घर फर्कनेको संख्या पनि ठूलो छ । भयाभव र त्रासदीपूर्ण बनाएर प्रस्तुत गरिएको हालको अवस्थामा प्रतिरोधात्मक क्षमता बढाएर रोगबाट बचिने गहिरो साइकोलोजिकल खेल पनि देखिन्छ ।
विश्वलाई नै भ्याक्सिनको प्रतिक्षा गराइएको छ । हाल संसारमा सयवटा भन्दा धेरै उपचार विधिहरु छन् ।

वीपी तिमिल्सेना

आयुर्वेद प्राकृतिक चिकित्सा, योगा, युनानी उपचार विधि, हुँदाहुँदै पनि किन भ्याक्सिनको प्रतिक्षा गराइएको हो ? आयुर्वेद विज्ञानमा वर्णन गरिए अनुसार मानव शरिरमा पचास हजार भन्दा धेरै भाइरसहरु विद्यमान छन ।

यिनीहरुको दुष्प्रभावबाट वच्नको निम्ति ताँवाको भाँडामा पानी राखेर खाने चलन ऋषीहरुले चलाउनु भएको थियो । पूर्वीय शैली र तरिकाहरु लोकप्रिय हुँदाहुँदै पनि किन हामी पराईको चलन सिकेर दुःख पाउदै छौ होला ? विश्वमा मोटापन, मुटुरोगी, पेटको क्यान्सर, बे्रन ट्यूमर, किड्नी र मानसिक रोगी भएर मृत्यु हुनेहरुको संख्या पनि हालको मृत्युदर भन्दा ८० गुणा माथि छ ।

मनोवैज्ञानिक त्रासले मानिसलाई यति कमजोर बनाएको अवस्थामा केही तथ्यगत उपचारका विधिहरु प्रष्ट पार्ने जमर्को गरेको छु । अहिले थुप्रै डाक्टर, प्रोफेसर र वैज्ञानिकहरु खुल्ला वहस गरिरहेको वेला परम्परागत प्रचलनका विधिहरु अघाडि सारेको पाइएन ।

विरोध विकल्प होइन । असफल लकडाउन गरेर राज्य अगाडि जानु दुःखत निर्णय हुनेछ । अथाह जडीबुटी भएको देश नेपालले अरुको भन्दा वेग्लै निर्णय गर्दा नेपाली समाजलाई राहत हुनेछ । त्यसकारण हाम्रा भान्सा घरहरु सवैभन्दा ठूला हस्पिटल र उपचार केन्द्र हुन । प्राकृतिक जीवनशैली हाम्रो विकासको धरोहर हो ।

विषले हाम्रो शरीरलाई अनेक तरिकाले प्रभावित बनाइरहेको हुन्छ । स्थावर, जांगम र गरविष गरी बिषलाई तीन भागमा विभाजन गरिएको छ ।

जांगमः – जिवबाट हुने बिष हो, यसका १६ अधिष्ठान छन ।
स्थावरः वा नस्पतीक र खनिजबाट हुने बिष हो, यसका १० अधिष्ठान छन ।

गरबिषः कृतिम बिष, रासायनिक प्रक्रियाबाट यो उत्पन्न हुन्छ । फयाक्ट्रीबाट वा रसायनशालाबाट वन्ने बिषलाई गरबिष भनिन्छ ।

जांगम बिषः – दाँत, नङ, पिसाव, दिसा, विर्य, राल, आर्तबबाट संक्रमित भएर, स्वासबाट, हड्डीबाट बनेका हतियारको विडहरु , वा सवैखाले जीवको संगतबाट सर्ने गर्दछ । जस्तै रेबिज, ल्याप्टोस्पाइवोटा, एन्थे्रक्सा, साल्मोनेला जस्ता भाइरस र व्याक्टेरिया पर्दछन ।


यस्का द्रष्टा ( दाँत) बाट पनि बिष सर्न सक्छ । यस्का द्रष्टा ( दाँत) को चर्चा यसरी गर्न सकिन्छ । यस्का द्रष्टा ( दाँत) – सर्प, विरालो, कुकुर, वाँदर, भेडा, गधा, माछा, मसिना किराहरु, ( किट पतंग) चतुष्पाद (चारखुट्टे जनावर), मल, मुत्र, विर्य, लुताबाट पनि मानिसमा रोगहरु सर्ने गर्दछ ।

आँखाले देख्न सकिने किट पतंगबाट पनि मानिसमा अनेक प्रकारका समस्या उत्पन्न हुन्छन् । यो किट पंतंगको संख्या ४० हजार प्रजातीका छन । यो Spiders arthropod कुलमा पर्दछ । यिनीहरु invertebrate शिकारी प्रवृतीका प्राणी हुन्छन । यसमा मछड, कमीला, जुम्रा, किर्ना, सांङला, माकुरो , बिच्छी आदि पर्दछन । यस्तालाई लुता नाम दिइएको छ ।

विश्वमा चलेका अनेक प्रकारका भाइरसहरुले विश्व आतंकित वनिरहेको वेला, जडीवुट्टी वा आयुर्वेदको सहाराबाट उन्मुक्ती पाउनु नागरिक हकमा पर्दछ । शरिरमा हुने अनेक रोगहरु जस्तै टीबी, निमोनिया, टाईफाईड, मलेरिया, किडनीको समस्या, माइग्रेन, इन्सेफलाइटिस डेंगो ( एक पटक बिषपान गरेको व्यक्तिलाई) calcified क्यान्सर जस्ता रोगीबाट लामो समय पीडितहरुमा यो भाइरस छिटो संक्रमित हुन्छ । यो संक्रमित भाइरस भएता पनि सामान्य उपचार विधिले नै सवैभन्दा ठूलो उपलव्धी हुन्छ ।

वजारमा अनेक प्रकारका प्रिभेन्टीभ उपचार विधी चर्चामा छन । कुन एलिमेन्टले भाइरस विरोधी हुन्छ भन्ने कुराको आधार नहुँदा नहुँदै पनि सर्वसाधारण नागरिकमात्र नभई सवैखाले विज्ञहरु विदेशी कम्पनीको आसमा वसेको पाइन्छन् । अनुमानको भरमा वोलिएका कुराले सर्वसाधारणको स्वास्थ्यमा दुष्प्रभाव पर्छ भन्ने कुरा पनि ख्याल गरिएको छैन ।

यस्तो हुँदा वृक्षआयुर्वेदको गरिमामाथि नै असर परेको छ । भ्रमवाट मुक्त राख्नु आयुर्वेद विज्ञानको कर्तव्य हो । यो विज्ञानमा रस गुण विर्य, बिपाकर प्रभावका कुरा त्यति कै ख्याल गरिएको हुन्छ । जस्तै – गुर्जो खाँदा तुलसी नखानु भन्ने कुरा प्रष्ट पारिएको छैन ? गुर्जो र तुलसी सेवनको संयोग परेमा विस्मृती जस्ता रोगहरु स्थापित हुन्छन । गुर्जो खान मात्र सल्लाह दिएको छ तर सम्योगको बारेमा प्रष्ट पारिएको छैन । हो –गुर्जो सत्व, वंशलोचन र मह साथमा खाएमा धेरै प्रकारका रोगहरुको दुष्प्रभाव हुन पाउँदैन तर गुर्जोसत्व भनेर थिन आरारोट, मिसावटी वंशलोचन, वा महबाट के आशा गर्ने ?

➢भोजन नै ठूलो उपचार हो, भोजनबाट सँधै स्वास्थ रहन ठूलो सहयोग पुग्छ । त्यसकारण भोजन ग्रहणमा ध्यान दिन जरुरी छ । जस्तो मासु, वासी चिचिण्डो ज्वरो र रुघामा दुध, मद्यपान, रेडीमेड खानाहरु, चिसोपेय, नखाने ।

➢ प्याराफिनबाट वनेका औषधीहरु र भ्यासलिन जस्ता कस्मेटीक वस्तुहरु शरिरमा कदापी प्रयोग गर्नु हुँदैन । यिनीहरुले लिभरको कार्यक्षमता घटाउछ । साथै शरीरको प्रतिरोधात्मक क्षमता अझ कमजोर हुदै जान्छ । कुनै पनि पदार्थको सेवनको कारण हुन्छ र सेवनिय पदार्थको गुणको आधारबाट पाउने फाइदामा अन्य पदार्थको निषेध पनि त्यतिकै हुन्छन् ।


समय, उमेर, अवस्था, संयोग, इच्छासम्मको ख्याल यो विज्ञानमा उल्लेख गरेको छ । हामीले आउदो समयको लागि पनि त्यतिकै ध्यान दिनुपर्छ । खेतीको समय छ । आमनागरिकलाई हावाबाट कोरोना रोग सर्छ भनेकोले कुनै पनि किसानहरु खेत जान डराउछन ।

हावाबाट हैन स्वासबाट यो भाइरस सर्छ भन्ने साधारण ढंगबाट पनि नागरिकलाई वुझाउन खोजेको देखिदैन । कुन्ताको खेती कम हुदै गैरहेको वेला हावाबाट भाइरस सर्छ भनेपछि खेतीको वेलामा के खेती होला ? कृषकलाई राम्ररी बुझाऊ ।

वाटुल्पाते वनस्पतिको सेवन यसरी गरौ

जस्तो सुकै जांगम भाइरस बिषबाट मुक्त हुनलाई हाम्रो देशमा भएका वनस्पती मध्ये अत्यन्त महत्वपूर्ण वनस्पती वाटुल्पाते (Cissampelos pareira) को पंचांग – ७० भाग , मरिच –१० भाग र जौ – २० भागको मात्रा गरेर तामाको भाडोमा उमालेर ७ –१० दिन चियाकोरुपमा खाएमा अहिले चलेको आतंकित भाइसरबाट पूर्ण मुक्ती पाईन्छ ।

प्रयोग सिद्ध छ – गाउँ घरमा परंम्परागत वैद्यहरु जडीवुटीका जानकारहरु, वनस्पती विद्यहरु, पुराना अनुभवी आमा –बुवाहरुबाट जानकारी लिएर , गाउँ –गाउँमा यसको काडा वनाएर अभियानको रुपमा खान दिन थाल्नुपर्छ । घरमा थुनिएर वसीरहनु कदापी हुँदैन । यो औषधि होइन यो चियाको रुपको काडा पानी मात्र हो । यसले विश्वव्यापी रुप धारण गरेको भाइरसलाई तत्काल निरुत्साही गर्छ । प्रयोग सिद्ध भैसकेको छ नेपाललाई रोगमुक्त देश वनाउन लागि परौं ।

धुलोपारेको चुर्ण नलिउ, सवैले टोल – टोलमा, चोक – चोकमा उमालेर वितरण गरौं । अर्काको देशले हाम्रा नागरिकको उपचार गर्दैनन् । । नागरिक स्तरबाटै आफै उपचारको सुरुवात गरौं । यो वाटुल्पातेमा Terpenoids, alkaloids,  aminoacid,  proteins,  tannins, carbohydrate जस्ता तत्वबाट भाइरसलाई निरुत्साहित गर्न सकिने भएकोले यो अत्यन्त लाभकारी हुन्छ । ढिला नगरौं लकडाउनबाट समस्या समाधान हुदैन । आर्थिक उन्नतिको बाटोमा लागौं । हामी नागरिक स्वाभिमानी वनौं । देशलाई समस्याबाट मुक्त गरौं ।

(तिमिल्सेना पाथीभरा आयुर्वेदिक हस्पिटल, सिनामंगल काठमाडौका अध्यक्ष हुन ।)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार