२८ मंसिर २०८२, आईतवार

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ८६ पुग्याे



धनगढी । सुदूरपश्चिममा बिहिबार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ। धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

सबैभन्दा बढि कैलालीका ३९ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार