१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा अाठ जना काेराेना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिममा बुधबार थप अाठ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले बुधबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै अाठ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

योसंगै प्रदेशमा संक्रमितको सङख्या ८१ पुगेको छ । ८१ मध्ये दुई जनाको प्रदेशबाहिर उपचार भइरहेको छ । एक सय ४७ जनाको परिक्षण गरिएकोमा पाँच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार धनगढीमा गरिएको परिक्षणमा कैलालीका तीन र डोटीका पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै डोटीका पूर्वीचौकी ४ का २२ र २७ बर्षीय, ४५ वर्षीयामा र पूर्वीचौकी ७ का २५ र २२ बर्षीयमा कोरोना पुष्टि भएको हो ।
पुष्टि भएका धनगढीका युवकलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने डोटीका लागि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार