१० श्रावण २०८१, बिहीबार

थप ५ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा बुधबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिउँसाे तीन बजे प्रेस विज्ञप्ती जारी गर्दै बुधबार थप पाँच जनामा काेराेना पुष्टि भएकाे जनाएकाे हाे ।

याेसंगै प्रदेशमा संक्रमितको सङख्या ७८ पुगेको छ । ७८ मध्ये दुर्इ जनाकाे प्रदेशबाहिर उपचार भइरहेकाे छ ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कैलालीमा पुष्टि भएका एक जनालाइ सेती प्रादेशिक अस्पतालमा राखिएपनि अन्य दुइ जनालाइ कहाँ राख्ने भन्ने टुंगाे लाग्न सकेकाे छैन । 

सुदूरपश्चिमका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ८ जना डिस्चार्ज भईसकेका छन । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् । 

सबैभन्दा बढी कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका ७, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार