१० श्रावण २०८१, बिहीबार

चिकित्सकद्वारा सेती प्रादेशिक अस्पतालमा प्लेकार्डसहित प्रदर्शन



नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् ।

घटना भएको आठ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । नेपाल मेडिकल कलेजका चिकित्सक संघ सुदूरपश्चिम प्रदेश कमिटिले पनि बुधबार चिकित्सकमाथि भएको हातपात र डोटीको शिखर नगरपालिकामा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनालाई लिएर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्ले कार्डसहित प्रदर्शन गरेको छ ।

जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात र मंगलबार डोटी स्वास्थ्य चौकीमा कार्यरत अहेव रमेश कु“वरमाथि कुटपिट गरिएको थियो । लाटामाण्डौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्य चौकी जादै गरेको अवस्थामा उनीमाथि तीन जनाले आक्रमण गरेका थिए । गाउ“को बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गालीगलौच गर्दै उनीमाथि आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार