१० श्रावण २०८१, बिहीबार

बजार खोल्ने तयारी



धनगढी । धनगढीका व्यवसायीहरूले लकडाउनमा समेत बजार खोल्ने तयारी गरेका छन् । कैलाली उद्योग बाणिज्य संघमा मंगलबार बिहान बसेको व्यवसायीहरूको एक भेलाले लकडाउनको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्नेमा एकमत भएका छन् ।

संघका अध्यक्ष पुष्पराज कु“वरले स्थानीय प्रशासनले जेठ २० (मंगलबार) गतेसम्म पर्खिन आग्रह गरेको स्मरण गर्दै अब व्यापार व्यवसाय सञ्चालनका लागि प्रशासनसंग आग्रह गर्ने बताए । उनले भने– तर प्रशासनले लकडाउन देखाएर बजार खोल्न नदिने निर्णय गरेमा कुनै पनि हालत स्वीकार गरिने छैन ।
‘हामीले पटक–पटक स्थानीय प्रशासन र उद्योग बाणिज्य महासंघस“ग छलफल गर्दै आएका छौ“ । मंगलबार अन्तिम दिन थियो । भित्र–भित्र व्यापार सञ्चालन भएको छ । हामीले सबैसंग छलफल गर्दै आएका छौ । अब प्रशासनले मानेन भने हामीले दिनभर व्यापार व्यवसाय सञ्चालन गर्छौ’ उनले भने ।
छलफलमा सहभागी उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले कोरोनाको त्रासले गरिएको लकडाउनका कारण भोकमरीको अवस्था आएको चर्चा गरे ।
उनले सरकारले व्यापार व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउन आग्रह गरे । उनले भने– ‘व्यापार बन्द गरेर मात्र कोरोना संक्रमण रोकिने होइन । सरकारले कोरोना परिक्षण गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा ३० लाखको हाराहारीमा जनसंख्या छ । दैनिक एक सय जनाको पनि परीक्षण भइरहेको छैन ।
छलफलमा संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले प्रहरीले व्यापारीहरूलाई पक्राउ गरेकोमा विरोध जनाए । उनले सरकारले विकास आयोजनाहरू सञ्चालन गर्ने भनेको स्मरण गरे । उनको प्रश्न छ– बिना सिमेन्ट, छड, इटा कसरी योजना सञ्चालन गर्न सकिन्छ ? उनले हार्डवेयरका सामान बिक्रि गर्ने व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएकोमा आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार