नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै
एक वर्षपछि वैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा लगातार सत्तापक्षकै सांसदद्धारा सरकारको विरोध हुन थालेपछि नेकपा (नेकपा) संसदीय दलको बैठक हुने भएको छ ।
मंगलबार विहान ८ प्रदेश सभा सचिवालयमा रहेको नेकपाको कार्यालयमा बैठक बस्ने बताइएको छ ।
बैठकका ऐजेण्डा नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदको समर्थन दरिलो रुपमा खोज्नका लागि बैठक बोलाइएको बताइन्छ ।
अघिल्लो वर्ष बजेटकै विषयमा असन्तुष्टी भएपछि २५ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीलाई सुधार गर्न आग्रह गरेका थिए ।
यसपटक पनि त्यो नहोस भन्ने हिसावले बैठक आयोजना भएको अनुमान छ । नेकपा संसदीय दलको बैठक ११ महिना यता बसेको छैन ।
नेकपाका प्रमुख सचेतक तारा लामातामाङले दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले बैठक बोलाएको स्वीकार गरे पनि बैठकका एजेण्डा बताउन चाहेनन् ।
एक सांसदका अनुसार चर्कोरुपमा सरकारका कमी कमजोरी बारे कडा छलफल गरिने छ ।




