१० श्रावण २०८१, बिहीबार

विदेशको झण्डा प्रयोग गरेको भए राजीनामा दिन्छुः मन्त्री बोहरा



धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले कुनै पनि राष्ट्रको झण्डा प्रदेश सभामा प्रयोग गरेको भए राजीनामा दिन तयार रहेको बताएका छन्\ ।

‘मेरो परिवारले ल्याएको रुमाल मैले माइक छोप्न प्रयोग गरेको थिए । यदि त्यसले कुनै देशको झण्डाको रुपमा देखाउ“छ भने म राजीनामा दिन तयार छु’ सुदूरपश्चिम प्रदेश सभामा आइतबार सांसद्हरूकाे प्रश्नकाे जवाफ दिदै मन्त्री बोहराले भने– ‘अनलाइनका समाचार, आम नागरिकका टिकाटिप्पणीले मलाई यति तनाव भएको छ । म राष्ट्रियता, राष्ट्रिय स्वाधिनतामा गम्भिर छु । त्यो रुमालमा कुनै पनि देशको झण्डा थिएन ।’
उनले दार्चुलाको व्यास क्षेत्रको विकासका लागि सरकार गम्भिर रहेको बताए ।
सदनमा प्रि–बजेटको उद्देश्य, सिद्धान्त, प्राथमिकताका क्रममा आएको गुनासोबारे जानकारी दिने क्रममा मन्त्री बोहराले भने –‘कुनै माननियले व्यास गाउ“पालिकाको विशेष विकास प्याकेज ल्याउन सुझाव दिएका छन । यसमा प्रदेश सरकारको ध्यानाकर्षण भएको छ र गम्भिर पनि छ । आगामी वजेटमा सो क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने छ ।’
उनले सुदूरपश्चिमको आर्थिक, सामाजिक लगायतको विकासका लागि एकिकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गरिने बताए । उनले यसमा सम्पूर्ण प्रदेश सभा सदस्यको साथ र सहयोग पनि आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार