२९ माघ २०८१, मंगलवार

दशगजाको बास, खुला आकाश, त्यसैमा वर्षाको मार



धानगढी । नेपाल भारत सिमानाको धनगढीसंग जोडिएको दशगजा क्षेत्र । भारतका विभिन्न शहर, स्थानबाट आएका नेपालीहरूको भीड । बालबच्चा, महिला, गर्भवति सहित सिमानासंगैको डोकेबजारमा नेपालीहरू घर फर्किने प्रतिक्षामा छन् । शारीरिक, मानसिक कष्ट भोग्दै फर्किरहेका उनीहरू बल्लतल्ल नेपाली सिमासम्म आइपुगे । तर, त्यहाबाट घरवा आफ्नो गाउसम्म पुग्ने प्रबन्ध गर्न ढिलाई भएका कारण तीनचारदेखि त्यही अड्किएका छन् ।

बिहीबारदेखि धनगढीसहित कैलाली, कञ्चनपुरमा पटकपटक वर्षा भएको छ । खुला आकाशमुनिको बासको कठिनाई कम गर्न डोकेबजारमा केही त्रिपाल गाडिएका छन् । वर्षासंगै आएको हावाहुरीले त्रिपाल उडाएपछि उनीहरूको विजोग भएको छ ।
कैलालीमा बिहीबार राती हावाहुरीसंगै सामान्य वर्षा भएको थियो । शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । हावाहुरी र वर्षाका कारण घर फर्किने प्रतिक्षामा रहेका करिब चार हजार नेपालीहरूको विजोग भएको छ ।
वर्षाबाट जोगाउन केही त्रिपाल गाडिए पनि हावाहुरीले उडाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार धनगढीमा २८ दशमलब आठ मिलिमिटर र शुक्रबार सात दशमलव पा“च मिलिमिटर वर्षा भएको थियो ।
‘वर्षाबाट बचाउन निर्माण गरिएका त्रिपाल हावाहुरीले उडाउन थालेको छ’ सीमामा पुगेका दिपक धानुकले भने– अन्यत्र जाने वातावरण छैन । उनले वर्षाबाट जोगाउन निर्माण गरिएका त्रिपाल पनि पर्याप्त नरहेको बताए । उनले भने– कोच्चिएर बस्नु पर्ने बाध्यताका कारण कोरोनाको जोखिम समेत झनै बढेको छ ।
गोदावरीका लालु थापाले वर्षाका कारण भारतबाट आएका नागरिकले ल्याएका लत्ता कपडा, नगद लगायत अन्य सामग्री समेत भिजेको गुनासो गरे । उनले भने– साथमा भएको लत्ताकपडा भिजिसक्यो । घर जाने वातारण छैन । ओत लाग्ने ठाउ छैन । भिजेको लुगा शरीरमै सुकाउनु पर्ने बाध्यता छ ।
वर्षाबाट बच्न सामाजिक दूरी कायम नगरी च्याप्पिएर बस्नुपर्ने बाध्यताका कारण कोरोनाको जोखिम समेचत उच्च बनेको सीमामा पुगेका नेपालीको दुःखेसो छ । ‘भारतबाट जसरी तसरी सामाजिक दुरी कायम गर्दै सीमामा पुगेका थियोैं” धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का नारद धानुकले भने– यहा पुगेपछि दुरी कायम गर्न सकेनौ । वर्षाबाट बच्न सबैसंग टास्सिएर बसेका छौं ।’ उनले गौरिफण्टा नाकासंगै रहेको कञ्चनपुरको डोकेबजारमा निर्माण गरिएका पसल तथा खोकाको छहारीमा बसेका धेरै जना चिसोले कठ्याङग्रीएका बताए । ‘भारतबाट आउनेमा महिला, बालबालिका तथा जेष्ठ नागरिक समेत रहेका छन्’ उनले भने– उनिहरू कोरोनाको उच्च जोखिममा छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वर्षाबाट बचाउन विभिन्न संघसंस्थाको सहयोगमा सीमामा त्रिपालको टहरा निर्माण गरेको भए पनि सवैलाई त्रिपालमा समेट्न सकिएको छैन । जसका कारण अधिकांस नागरिक मुसलधारे वर्षामा भिज्न बाध्य छन् ।
सूचना अधिकारी जोशीले कैलालीको गौरिगंगा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाले सीमामा पुगेका केही नागरिकलाई बस तथा टिप्परमा ओसारे पनि अन्य स्थानीय तहका नागरिकको भने सीमामै विचल्ली भएको बताए । ‘दिनभर वर्षा हु“दा विचल्लीमा परेका नागरिकलाई व्यवस्थापन गर्न निक्कै समस्या भएको छ’ सूचना अधिकारी जोशीले भने–‘सीमा नजिकै स्थापना गरिएको क्वारेण्टाइन भरिएको छ, अन्यत्र सार्ने विकल्प तयार भएको छैन ।’
उनले गौरिफण्टा नाका सम्म पुग्ने नेपालीलाई प्रदेश सरकारले खाना खाने व्यवस्था गरेको भएपनि वर्षाबाट बच्नका लागि तत्कालै कुनै व्यवस्था भने नगरेको बताए ।
धनगढी उपमहानगरपालिकाको क्वारेन्टाईनमा सात सय २८ जनालाई राखिएको छ । जसमध्य छ सय २१ जना पुरुष, ८२ जना महिला, १९ जना बालक, छ जना बालिका रहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
उनीहरूलाई ३० वटा ठाउ“मा क्वारेन्टाईन बनाएर राखिएको छ । भारतबाट आएकाहरूलाई त्रिनगर भन्सार नाकाबाट उद्धार गरेर सिधै सम्वन्धित वडाको क्वारेन्टाईनमा राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार