२३ बैशाख २०८१, आईतवार

सुदूरका स्थानीय तहलाई ३० अर्ब अनुदान (सूचिसहित)



धनगढी । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहलाई ३० अर्ब एक कराेड ५६ लाख रूपैयाँ अनुदान दिने भएकाे छ ।

आर्थिक वर्ष २०७७/७८ काे बजेट वक्तव्यपछि सार्वजनिक गरिएकाे राताे कितावमा समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी साे रकम स्थानीय तहहरूले पाउने भएका हुन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारले साे अनुदानहरू वाफत नेपाल सरकारबाट १४ अर्ब २१ कराेड ८२ लाख रूपैयाँ दिने भएकाे छ । नेपाल सरकारबाट अनुदान पाउनेमा चाैथाे स्थानमा सुदूरपश्चिम प्रदेश सरकार छ ।

प्रदेश र ८८ वटा स्थानीय सरकार गरी सुदूरपश्चिममा नेपाल सरकारले ४४ अर्ब २३ कराेड ३८ लाख रूपैयाँ अनुदान दिने राताे कितावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार