१० श्रावण २०८१, बिहीबार

भुषालका हत्यारा पत्ता लगाउन प्रदेश सभा सोडारीको माग



– कैलालीका अर्का प्रदेश सभा सदस्य मालामति रानाले पनि भुषालको हत्यारा पत्ता लगाउन माग गरिन ।

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्य दीर्घ सोडारीले मसुरियाका कृष्णप्रसाद भुषालको हत्यारा पत्ता लगाउन माग गरेका छन् ।

शुक्रबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य सोडारीले एक महिनासम्म पनि हत्यारा पत्ता लाग्न नसक्नु दुखद घट्ना हो भने।

महेन्द्रनगरकी निर्मला पन्तको घट्नामा जस्तै भुषालको हत्या भएको भन्दै जनता दिनँहु प्रदर्शनमा छन् उनले भने जनतालाई समयमै न्याय दिइनुपर्छ । उनले भने सरकारले केही व्यक्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको भए पनि अहिले छोडेको अवस्था छ ।


जनताको मागलाई सम्वोधन गर्दै छानविन गरेर जतिसक्यो चाँडो हत्यारा पत्ता लगाएर न्याय दिनुपर्छ सोडारीले भने ।


प्रदेश सभा सदस्य सोडारीले रुकुमको चौरझारी घट्नाका दोषीलाई पनि कार्वाही गर्न माग गरे । यो अन्याय दलित समूदाय माथिको मात्रै होइन समग्र मानवजातिका लागि कलंकको घटना हो उनले भने ।

ठकमा बोल्दै कैलालीका अर्का प्रदेश सभा सदस्य मालामति रानाले पनि भुषालको हत्यारा पत्ता लगाउन माग गरिन ।

भुषाल मसुरियाको क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल हुन । उनी पहलमानपुरबाट मसुरिया आउने क्रममा वैशाख ११ गते राति जंगलमा मृत अवस्थामा भेटिएका थिए ।


प्रदेश सभा सदस्य रानाले क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ‐ ७ का वडाअध्यक्षको मृत्यु भएकोले कामको मूल्यांकन गरेर उनलाई शहिद घोषणा गर्नु पर्ने माग गरिन । उनका परिवारको रेखदेख र वच्चाको शिक्षादिक्षामा सरकारले ध्यान दिनु पर्ने माग पनि रानाले गरिन ।


शुक्रबारको बैठकमा डडेल्धुराका प्रदेश सभा सदस्य कर्ण मल्लले जेठ १४ गते डडेल्धुराको रातो गुराउस रिसोर्टमा २१ वर्षिय निर्मला बोहरा मारिएको बताए । उनले भने लकडाउनका बेला किन होटल खोलियो, उनी किन मारिनु पर्ने अवस्था आयो सरकारले छाविन गर्न जरुरी छ ।


बैतडीका प्रदेश सभा सदस्य लीलाधर भट्टले बैतडीमा स्वास्थ्य सामाग्री छिटो भन्दा छिटो पुगाउन माग गरिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार