१० श्रावण २०८१, बिहीबार

सामाजिक विकास मन्त्री सुवेदीले भने कोरोना नियन्त्रणमा सरकार गम्भीर छ (भिडियो सहित)



-सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको र त्यसमध्ये पाँच जना निको भइसकेको छ ।
-सुदूरपश्चिममा अहिलेसम्म २६ हजार ७८ जनाको कोरोना परीक्षण भएको छ ।
-प्रदेशका आइसोलेसनमा २६८ र क्वारेन्टाइनमा २९ हजार ५६४ वटा बेड छन् ।
– हाल क्वारेन्टाइनमा २१ हजारभन्दा बढी बसेका छन् ।



धनगढी । सुदूरपश्चिमको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रुपले लागेको दावी गरेका छन् ।

उनले प्रदेशमा आरडीटी र पीसीआर दुवै विधिबाट गरेर हालसम्म २६ हजार ७८ जनाको कोरोना परीक्षण भएको प्रदेश सभालाई जानकारी दिए ।


बिहीबार प्रदेश सभा बैठकमा विशेष लिएर बोल्दै उनले भने प्रदेशमा दिनदिनै सङ्क्रमित बढ्दै गएकोले चुनौती बढदै गएको बताए ।


उनले प्रदेशका आइसोलेसनमा २६८ र क्वारेन्टाइनमा २९ हजार ५६४ वटा बेड रहेको उल्लेख गर्दै हाल क्वारेन्टाइनमा २१ हजारभन्दा बढी व्यक्ति रहेको बताउनुभयो ।

यसैगरी, सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको र त्यसमध्ये पाँच जना निको भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार