७ कार्तिक २०८१, बुधबार

प्रतिपक्ष भन्दा चर्का सत्तापक्ष (भिडियो सहित)



– प्रदेश सदस्य लीलाधर भट्टले बुँदागतरुपमै सरकारका कमजोरी औल्याए ।


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको छैटौ अधिवेशनको तेस्रो वैठकमा बिहीबार प्रतिपक्ष भन्दा सत्ता पक्षका प्रदेश सभा सदस्यहरु सरकारका गतिविधी बारे चर्कोरुपमा प्रस्तुत भएका छन् ।

प्रदेश सभामा सत्तापक्षका लीलाधर भट्ट, पूर्णा जोशी, मानबहादुर धामी लगायतले कडा शव्दमा आलोचना गरेका थिए । उनीहरुले सरकारका कामका साथसाथै र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कालापानी क्षेत्रका बारेमा दिएको अभिव्यक्ती र अमेरिकन झण्डा भएको रुमाल रोस्टममा लगेकोमा समेत आलोचना गरे ।

प्रदेश सभा सदस्य जोशीले भनिन जहिले पनि चार “क” ( कर्मचारी,कानून, कार्यविधी र कोरोना) लाई दोष दिएर कहिलेसम्म सरकार उम्कने मिल्छ ।

सत्तापक्षका प्रदेश सभा सदस्यहरुले संघीय सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा सार्वजनिक गरेकोमा प्रसंशा गरेका थिए । प्रदेश सभा सदस्य धामीले भारतबाट आएकाहरुलाई प्रदेश सरकारले एक छाक खाना मात्रै खुवाएको चर्चा गर्दै कोरोना सञ्चालन कोष कसरी परिचालन गरिएको छ भन्ने प्रश्न गरे ।

सत्तापक्षकै प्रदेश सभा सदस्य लीलाधर भट्टले सरकारले आफैले घोषणा गरेका काम पुरा नगरेको आरोप लगाए ।

प्रदेश सभा सदस्य भट्टले बुँदागतरुपमा राखेका २४ वटा सरकारका कमजोरी यसप्रकार छन् ।


१) हेलो सिएम कार्यक्रम कता छ ?

२) राजधानीका लागि आवश्यक पर्ने संरचना निर्माणको काम के हुँदै छ ?

३) विद्युत विकास वोर्ड किन गठन मएन ?

४) युवा स्वरोजगार कोष के भयो ?

५) पर्यटन वोर्ड किन गठन भएन ?

६) पर्यटन कोरिडोर खोई के हुँदैछ ?

७) लोकसेवा आयोग किन गठन भएन ?

८) उद्योगग्राम कहिले वन्छ ?

९) सेती अस्पतालको सिटीस्क्यान मेसिन कहिले आउछ ?

१०) सहकारी पसल खोई ?

११) महाकाली अस्पताललाई प्रादेशिक किन बनाइएन ?

१२) आर्युवेदिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना कहिले बन्छ ?

१३) हरेक जिल्लामा शव बहान दिने भनेको होइन र ?

१४) प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने भनेको होइन र ?

१५) डोटी, बैतडी र कैलालीमा पीसीआर सहितको प्रयोगशाला स्थापना किन भएन ?

१६) सूचना प्रविधि पार्क कता बन्दै छ ?

१७) प्रदेशको बस सेवा सञ्चालन कहिले हुन्छ ?

१८) लगानी बोर्ड खोई ?

१९) योजना आयोग किन बनेन ?

२०) व्यवसायिक भैसी पालन फर्म स्थापना कता भयो ?

२१) एक व्यक्ती एक खाता खोई ?

२२) प्रदेश सरकारको सम्पति ऐकिन कार्य दल खोई ?

२३) खप्तड विकास बोर्ड किन बनेन ?

२४) तल्लो चमेलिया विद्युत आयोजना आफै बनाउने भनेको होइन र ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार