१० श्रावण २०८१, बिहीबार

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका- ७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ। क्वारेन्टाइन व्यवस्थापनमा खटिएका रानाको गएराति मृत्यु भएको हो।

राति एक्कासी बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो।

क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाले कारोना लागेको हुनसक्ने भन्दै कारोना परीक्षणपछि मात्रै शव परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार