१० श्रावण २०८१, बिहीबार

कोभिड नियन्त्रण गर्न गतिलो कदम चाल्नुपर्छ : प्रमुख सचेतक तामाङ



धनगढी, जेठ १३ गते । सुदूरपश्चिम प्रदेश सभाको छैंटौं अर्थात बजेट अधिवेशन मङ्गलबारबाट सुरु भएको छ ।

छैटौं अधिवेशनको पहिलो बैठकमा शुभकामना दिदै संसदमा प्रतिनिधित्व गर्ने तीनै दलका नेताहरुले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथामा लागि प्रदेश सरकारले गतिलो कदम चाल्नु पर्नेमा जोड दिए ।

बैठकमा बोल्दै सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश लकडाउन गर्नु सरकारको बाध्यता रहेको र यसमा सबैले साथ दिएको बताए । उनले भने सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि प्रदेश सरकार आफ्नै तरिकाले काम गरिरहेको छ ।

उनले ‘तर, क्वारेन्टाइनको व्यवस्थापन जसरी हुनु पर्ने थियो, त्यसरी भएको छैन’, भन्ने गुनासो गरे । उनको जोड थियो ‘व्यवस्थापन पक्षमा अलिकति कमजोर भएका कारण प्रदेश सरकारमाथि नजरअन्दाज पनि भइरहेको छ । कमिकमजोरीलाई सुधार गर्नु पर्दछ ।’

भारतबाट उद्धार गरिएकाहरुलाई सङ्क्रमण न्यूनीकरण गर्ने गरी गन्तव्यतर्फ पठाउनु पर्ने र क्वारेन्टाइनमा राखिएकाहरुका लागि जनचेतनाको कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार