१० श्रावण २०८१, बिहीबार

चार हजार थान आरडीटी आइपुग्यो



सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षणका लागी काठमाडौंबाट सोमबार नेपाली सेनाको स्काइट्रक मार्फत किट ल्याइएको छ । नेपाली सेनाको स्काइट्रकमा चार हजार थान आरडीटी किट र दुई हजार एक सय ५० थान भिटिएम धनगढी ल्याइएको जनाइएको छ ।

श्री भवानीदल गण तेघरी कैलालीका प्रमुख सेनानी बिकाश केसीले सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

किट अभावका कारण रोकिएको कोरोना परीक्षणमा केही सहयोग पुग्ने प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । भारतबाट दैनिक ठूलो संख्यामा नेपाली आइरहेकोले थप किट आवश्यक पर्ने र त्यसका लागि प्रकृया अगाडी वढाइएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशका नौ वटै जिल्लामा दुई हजार नौ सय ७१ आरडीटि र सात सय १५ भिटिएम मौज्दात रहेको थियो । मन्त्रालयका अनुसार कैलालीमा आरडीटि किट थिएन भने भिटिएम ५५ वटा मात्र रहेको थियो ।

त्यस्तै, कञ्चनपुरमा पाँच सय १०, दार्चुलामा सात सय ९२, बैतडीमा सात सय ४४, डडेल्धुरामा तीन सय ८५, बाजुरामा तीन सय ५८, अछाममा तीन सय ३३, डोटीमा एक सय ९६ र बझांगमा एक सय ५६ आरडीटि किट मौज्दात रहेको जनाइएको छ ।

त्यस्तै, कञ्चनपुरमा १४, दार्चुलामा एक सय ३३, डडेल्धुरामा एक सय ६९, बाजुरामा ६६, बझांगमा एक सय ४३, बैतडीमा ६६, अछाममा २७ र डोटीमा ४२ भिटिएम मौज्दात रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार