१० श्रावण २०८१, बिहीबार

लकडाउनसंगै दैनिक उपभोग्य वस्तुको मुल्य आकासियो



धनगढी । कोरोना रोकथाम र नियन्त्रणका लागि दुई महिनादेखि जारी लकडाउनमा कैलालीका धनगढी लगायतका बजारहरूमा दैनिक उपभोग्य सामग्रीको मूल्य निकै बृद्धि भएको छ ।

चामल दाल लगायत खाद्यान्न, तथा अन्य दैनिक उपभोग्य वस्तुको मुल्य साविकको दुई महिना अघिको तुलनामा २० देखि ५० प्रतिशत बृद्धि भएको जनगुनासो बढेको छ ।

कैलालीको धनगढी, अत्तरिया, मसुरिया, पहलमानपुर, सुखड, बौनिया, जोशीपुरमा खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार