७ कार्तिक २०८१, बुधबार

थप एक जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिमका थप एक जनामा कोरोना पुष्टि भएको छ । अछामको मेल्लेख गाउ“पालिका वडा नम्बर ४ का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

योस“गै सुदूरपश्चिमका पाँच जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र अछाममा कोरोना संक्रमण देखिएको छ ।

अछामका युवामा कोरोना पुष्टिसंगै प्रदेशमा कोरोना संक्रमित १५ पुगेको छ । प्रदेशमा हालसम्म पाँच जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार