थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुग्यो
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/18936813121171793521mohp.-768x363.jpeg?resize=601%2C284&ssl=1)
काठमाडौं । थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो।
नया संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी सूचनामा उल्लेख छ।
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/05/corona-02-10-08.jpg?fit=600%2C768&ssl=1)