१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्रीका स्वकीय सचिवले नेपाल फर्किन खुला भएको भनेपछि…



भारतका विभिन्न शहरमा रहेका नेपालीहरु पछिल्ला कैलालीको भन्सार नाका हुदै नेपाल आउने क्रम पछिल्ला पाँच दिन यता निकै बढेको छ । पछिल्ला पाँच दिनमात्रै कैलाली भन्सार नाका हुँदै करिब पाँच सय जना नेपाली नेपाल भित्रिएको सरकारी तथ्यांक छ । त्यहा रहेका नेपालीहरुले “नेपाल सरकारले नेपाल आउन खुला गरेको” भन्ने हल्ला सुनेपछि आउन हतारिएको जनाइएको छ । यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात) ले केरालामा रहेका एक नेपाली युवासंग फोनमा नेपाल आउन सरकारले खुला गरेको भनेका छन् । मे १८ मा सार्वजनिक भएको सो फोनवार्ताको अडियोमा उनले स्पष्टसंग भनेका छन् । “नेपाल सरकारले आउने भनिसकेको छ, आउनु पर्याे नि” । मुख्यमन्त्रीका स्वकीय सचिव प्रख्यात र केरलामा रहेका नेपाली युवाबीचको फोन वार्ताः

भारतको केरलाबाट एक नेपाली युवा– हजुर सर त्रिलोचन भट्ट ज्यू हो ?

प्रेम कुँवर– होइन । म उहाँको स्वकीय प्रख्यात (प्रेम कुँवर) बोलेको हो, भन्नुस् ।

नेपाली युवा– प्रदेश नम्बर ७ मा के छ ? यहाँ त धेरै समस्या परिरहेको छ । म भारत केरलादेखि हो ।
प्रेम कुँवर– आउने भनिसकेको छ त, नेपाल सरकारले । आउनु पर्यो नि हजुर ।

नेपाली युवा– आउने त भनिसक्यो यहाँबाट कसरी आउने ? यहाँ त गाडी चालू भएको छैन । नेपाल सरकारले भारतको सरकारसित कुरा गर्नुपर्यो नि ।

प्रेम कुँवर– भारत सरकारसंग समन्वय गरी आउनलाई भनिसकेको छ । आउने मान्छेहरु आएका आएै छन् । धेरै आइसकेका छन् । दुई÷तीन सय हिजो आए । धेरै जना अस्ती आए । अढाई सय जना आज आएर पठाइसक्यौं । आउनेलाई गाडीको व्यवस्था गरिएको छ । त्यताबाट मानिस गाडी रिजर्भ गर्दै आइरहेका छन्, सबै ।

नेपाली युवा– मुम्बई व्यांग्लौरदेखि पनि आएका छन कि क्या हो ?

प्रेम कुवर– मुम्बईबाट भोली आउँदैछन् । मेरा आफनै गाउँका मान्छे आउँदैछन । झण्डै–झण्डै ६०/७० जना ।

नेपाली युवा– अनि त्यो बाउडर (बोर्डर) त खुल्ला हुन्छ नि सर ? नेपाल सरकारले बोर्डरमा त गाडी पठाउँछ नि ?

प्रेम कुँवर– खुल्ला त हुँदैन, तर मिलाएर पठाउँछौं ।

नेपाली युवा– मतलब केरलादेखि दिल्ली आउदा खेरी दिल्लीबाट बनबासा आउनका लागि नेपाल सरकारले बस दिनु भाको छ की ? कसरी हेर्नुभाको छ ?

प्रेम कुँवर– हुँदैन । केही पनि छैन हजुर । त्यतिका कहाँ सम्भव हुन्छ । नेपाली कति छन् । १० लाख नेपाली छन् । १० लाख नेपालीलाई त्यहाँबाट भाडा दिएर सम्भावना हुन्छ ? त्यो त सम्भव भएन । तपाइहरु आफै मिलाएर त्यहाँबाट आउनुपर्यो ?

नेपाली युवा– नाई । मतलब हामी मिलाएर आउला यहाँबाट । त्यो आफनै पैसाले आउला । नेपालमा आएर आफनै देशमा क्वारेन्टाइनमा बस्न चाहन्छु भनिरहेका छन् साथीहरुले ।

प्रेम कुँवर– ल, ल आउनुस न आउनुस् । तपाई आइहाल्नुस । हिजो मिडिया हेरिहाल्नु भा छ । हिजो चाहि विदेशमा रहेका दाजुभाइहरुलाई पनि स्वदेश आउन दिने भनिसक्या छ । तपाईहरु त्यहाँबाट गु्रप मिलाएर आउनुहोस् त्यसपछि यता हामी पहल गरुला है ।

नेपाली युवा– हस् हजुर । धन्यवाद ।

प्रेम कुँवर– ल ल, हस ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार