१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य सामाग्री हस्तान्तरण



धनगढी । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

लुथ्रन वर्ड फेडरेसन, ईको काेपाेरेशन नेपाल र एस नेपाल नामक संस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने अतिआवश्यक स्वास्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरिएको हो ।

सो संस्थाले पिपिई ७५ थान, थर्मल गन ४, एन नाइन्टिफाइप मास्क १०० र सर्जिकल मास्क ५ सय हस्तान्तरण गरेको जनाइएको छ ।

उक्त सामाग्री बुझ्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अति आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा संस्थालाई धन्ववाद दिए । विभिन्न संघसंस्थाले प्रदेश सरकारलाई सहयोग गर्दै आएकोमा श्रहाना गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार