१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाः वर्षे (छैठौं) अधिवेशन सञ्चालनका लागि तयारी



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको वर्षे (छैठौं) अधिवेशन सञ्चालनको तयारी अघि बढेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चिततामा परेको प्रदेश सभाको छैठौ अधिवेशन आगामी १३ (जेठ) गतेदेखि सञ्चालन हुने गरी तयारी अघि बढाइएको छ ।

प्रदेश सभा सचिवालयले संसद बैठक सञ्चालनका लागि आवश्यक सुरक्षा मापदण्डहरु बनाइरहेको जनाइएको छ । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रम लगायतका एजेण्डाहरू छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैंठक सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रदेशसभा बैठक सञ्चालन गर्नुअघि प्रदेशसभा सदस्यहरूको स्वास्थ्य परीक्षण, सवारी साधनमा डिस्इन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हल बाहिर सेनिटाइजरको व्यवस्था र प्रदेश सभा सदस्यका लागि मास्कको व्यवस्था गर्ने लगायतको काम अघि बढाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयले बिहीबार सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको स्वाव संकलन गरेको छ । सचिवालयका सचिव रामसिंह धामीले सञ्चारकर्मीहरुसंग भने– बिहीबार कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत एक सय १२ जनाको स्वाव संकलन गरिएको छ । उनले बिहीबार संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट आज (शुक्रबार) आउने जानकारी दिए ।

प्रदेश सभा सचिवालय सचिव धामीले आज (शुक्रबार) प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य र उहा“हरुसंग खटिने सुरक्षाकर्मीहरुको स्वाब संकलन गरिने जानकारी दिए । उनले भने– हामीलाई दुई सय ५० किट उपलब्ध गराइएको छ । त्यसैले त्यति नै व्यक्तिको स्वाब संकलन गरिने छ । उनले मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यसंग आवद्ध सुरक्षाकर्मीको स्वाव संकलन गरिने भए पनि उनीहरुका स्वकिय सचिवहरुको भने स्वाव संकलन गर्न नसकिने बताए ।

उनले प्रदेश सभा संचालनका लागि वैठक कक्षमा भौतिक दुरी कायम गरिएको बताए । उनले भने– वैठक कक्षमा अहिले छ फिटका पा“च वटा टेवल थप गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ बैठक गत बैशाख ७ गते अन्त्य भएको थियो । प्रदेश सभाको पाँचौ अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएको थियो ।

फागुन ११ गतेपछि प्रदेश सभाको बैठक सञ्चालन नहुँदा सामाजिक विकास मन्त्रालयले टेबुल गरेको प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एफएम रेडियो तथा टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पाँचौं अधिवेशनबाट पास हुन सकेको थिएन ।

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपालीका कांग्रेसले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने सम्बन्धमा प्रदेश सभा सचिवालयमा माघ २२ गते दर्ता गराएको संकल्प प्रस्ताव र महालेखा प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनको समेत प्रदेश सभाको पाँचौ अधिवेशनमा स्थान पाएको थिएन ।

हिउँदे अधिवेशनले बाँकी रहेका विधेयकहरू पास गर्नुका साथै संकल्प प्रस्ताव र प्रतिवेदनहरूमा समेत छलफल हुने आशा गरिएको छ । ती बाहेक थप केही विधेयकहरू सरकारतर्फबाट प्रदेश सभामा पेश हुने र पारित गरिने आशा गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार