१० श्रावण २०८१, बिहीबार

धनगढीले क्लष्टर अनुसार क्वारेन्टाईन बनाउदै



धनगढी । धनगढी उपमहानगरपालिकाले भारत लगायत तेश्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई क्लष्टर अनुसारको क्वारेन्टाईन बनाएर राख्ने भएको छ ।

बिहिबार बसेको नगरस्तरीय बिपद ब्यबस्थापन समितिको बैठकले वडाहरुलाई क्लष्टरमा विभाजन गरेर क्वारेन्टाईन बनाउने निर्णय गरेको जनाइएको छ ।

बैठकले वडा नम्बर ८ का अध्यक्ष नारायणप्रसाद बरालको संयोजकत्वमा नगर कोभिड १९ उपसमिति गठन गरेको छ । एउटै ठाउँमा धेरै ब्यक्तिहरुलाई राख्दा ब्यबस्थापन गर्न समस्या हुने र त्यसले जोखिम पनि बढाउने भएकाले २÷३ वडा वडालाई मिलाएर एउटा क्लष्टर बनाएको हो ।

नगरको कोभिड १९ उपसमितिका संयोजक बरालका अनुसार वडा नम्बर १, ३ र ४ को एउटा क्लष्टर, ६, ७ र ८ को एउटा क्लष्टर, १५ र १७ को एउटा क्लष्टर, ९, १० र १२ को एउटा क्लष्टर, १४ र १९ को एउटा क्लष्टर, ११ र १३ को एउटा क्लष्टर बनाउने भएको छ । त्यसैगरी वडा नम्बर २, १६, १८ र ५ को वडातहमा नै क्वारेन्टाईनको तयारी हुदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार