८ पुष २०८२, मंगलवार

रोट्रयाक्ट क्लब अफ धनगढीको अध्यक्षमा रेग्मी



धनगढी । रोट्रयाक्ट क्लब अफ धनगढी बर्ष २०२०/२०२१ को अध्यक्षमा जीवन रेग्मी चयन भएका छन ।

रोट्रयाक्ट क्लब अफ धनगढीको बिहीबार बसेको बोर्ड बैठकले रेग्मीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति अध्यक्षमा चयन गरेको हो ।

पेशाले शिक्षक रहेका रेग्मी क्लबको स्थापनाकाल देखि क्लबका बिभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएका थिए । यस अधि रेग्मी क्लबको उपाध्यक्ष समेत रहेका थिए ।

रोट्रयाक्ट क्लबले समाजमा रही बिभिन्न समाजिक कार्यमा उल्लेखनिय भुमिका खेलेको बताउदै क्लबको अध्यक्षमा चयन हुन पाउँदा आफैमा गर्व लागेको बताए । सोही अवसरमा समितिले सीमामा खटिएका सशस्त्र प्रहरी बलका लागि मोहन नदी किनारमा हाते नल निर्माण गरेर हस्तान्तरण समेत गरेको अध्यक्ष रेग्मीले बताए ।

उनले आगामी दिनहरुमा पनि बिश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरस(काभिड–१९)को रोकथाम तथा नियन्त्रणमा रोट्रयाक्ट क्लबको भुमिका महत्वपुर्ण रहेकोले आफु र आफ्नो क्लबले कोरोनामा केन्द्रित रहेर सामाजिक काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार