७ कार्तिक २०८१, बुधबार

कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्‍बाट अनुमोदन



काठमाडौं- नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा मन्त्रिपरिषद्‍बाट अनुमोदन भएको छ। सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको नयाँ नक्सा मन्त्रिपरषद् बैठकले अनुमोदन गरेको बताएका हुन्। 

नक्सामा सात वटा प्रदेश र सात सय त्रिपन्न वटै स्थानीय निकायसहित  लिम्पियाधुरा, लिपुलेक र कालापानी पनि समावेश छन्। प्रशासनिक र सबै किसिमका प्रबन्धमा लागू गर्ने गरी नक्सा स्वीकृत गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाअन्तर्गत प्रदेश र स्थानीय तह समेत समावेश गरेर नक्सा ल्याइएको छ। यो नक्साअनुसार निशान छाप र सरकारी काम काजमा प्रयोग गरिने नक्सा तथा विद्यालयमा पढाइने नक्सा यसैअनुसार अद्यावधिक हुने खतिवडाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार