६ जेष्ठ २०८१, आईतवार

गरिमा पीडितले बल्ल राहत पाउँदै



धनगढी । गत वर्ष गरिमा जातको धानको वीऊमा ठगिएका कैलालीका किसानहरुले बल्ल राहत पाउने भएका छन् ।

?

गत वर्ष उन्नत जातको धान भनेर गरिमा जातको धान रोपेका किसानले उत्पादन गुमाउनु परेको थियो । धान उत्पादन नभएपछि क्षतिपूर्तिका लागि सरकारलाई निवेदन पेश गरेका किसानहरुले प्रतिकट्टा छ सय ६३ रुपैया“का दरले राहत पाउने बताइएको छ । गरिमा धान पीडित किसानहरुलाई सम्बन्धित वडाका अध्यक्ष मार्फत राहत रकम वितरण गरिने जनाइएको छ ।
गरिमा धानका कारण गत वर्ष धान उत्पादनबाट बञ्चित भएका घोडाघोडी नगरपालिकाका पा“च सय २४, गौरिगंगा नगरपालिकाका चार सय ३२, भजनी नगरपालिकाका ३९, लम्कीचुहा नगरपालिकाका एक सय २६ जना, टीकापुर नगरपालिकाका ५१ जना तथा गोदावरी नगरपालिकाका एक सय ९९ जना र कैलारी गाउँपालिकामा दुई सय २४ जना किसानले राहत रकम पाउने छन् ।
कृषि ज्ञान केन्द्र, महेन्द्रनगरले स्थानीय तहहरूसंगको समन्वयमा नपसाएको गरिमा धानको स्थलगत अनुगमन गरी विवरण संकलन गरेर राहतका लागि संघीय सरकारलाई सिफारिस गरेको बताइएको छ । ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले सोही विवरणको आधारमा संघीय सरकारले पीडित किसानहरुलाई राहत रकम उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार