१० श्रावण २०८१, बिहीबार

गौरिफन्टा नाका हु“दै पौने चार सय नेपाली भित्रिए



१११ लाई सम्बन्धित जिल्ला पठाइयोे

धनगढी । सिमावर्ती भारतीय क्वारेन्टाइनमा राखिएका पौने चार सय नेपाली गौरीफन्टा नाका हु“दै धनगढी आएका छन् । शुक्रबार राती नेपाल भित्रिएका तीन सय ७४ जनामध्ये एक सय ११ जनालाई सम्बन्धित जिल्लामा पठाइएको छ ।
भारतका विभिन्न शहरबाट नेपाल आउ“दै गरेका उनीहरूलाई भारत सरकारले सिमा नजिकै क्वारेन्टाइनमा राखेको थियो । कतिपय नेपाली सीमामा पुगेर पनि नेपाल पस्न नपाएपछि पुनः फर्किएर भारतीय क्वारेन्टाइनमा बसेका थिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुससार शुक्रबार रातीसम्म धनगढी प्रवेश गरेका सबै तीन सय ७४ जनाको सीमामै ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको थियो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भारतबाट नेपाल प्रवेश गरेका मध्ये दुई सय तीन जनालाई कैलाली बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
त्यस्तै, ६० जनालाई त्रिनगर भन्सार नजिकै रहेको नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाइन राखिएको छ । सहायक प्रजिअ जोशीले एक सय ११ जनालाई स्थानीय तहका प्रतिनिधिहरुको जिम्मामा राति सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको बताए ।
सहायक प्रजिअ जोशीले नवदुर्गा माविका रहेका ६० जना लिस्टभन्दा बाहिरबाट आएकोले उनीहरूको पीसीआर जा“च गरिने बताए । उनले भने– सबैको पिसिआर परीक्षणपछि सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाइने छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भारतबाट नेपाल फर्किएर धनगढीमा क्वारेन्टाइनमा राखिएका सबैको खाना र खाजाको व्यवस्था उपमहानगरपालिकाले नै गरिरहेको बताए ।
भारतबाट नेपाल फर्केका नेपालीहरुको व्यवस्थापनका लागि शुक्रबार रातीसम्म सिमानाकामा रहेका नगर प्रमुख वडले क्वारेन्टाइनमा राखिएका सबैलाई सम्झाई–बुझाई गरेर सम्बन्धित स्थानीय तहको समन्वयमा पठाइने बताए ।
त्यस्तै, धनगढीमा क्वारेन्टाइनमा राखिएका आठ सय ५० भन्दा बढी भारतीय नागरिकलाई भारत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार