१० श्रावण २०८१, बिहीबार

काठमाडौं, धादिङ र धनुषाका ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या २४९ पुग्यो



काठमाडौं । बिहीबार राती नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं, धादिङ र धनुषाका १/१ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकमा, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरु तीनै जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार