१० श्रावण २०८१, बिहीबार

कुहिएको चामल दिने ठेकेदारलाई कानुन बमोजिम कारबाही गर्न माग



धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाले जनतालाई वितरण गरेको राहात चामलका ठेकेदारलाई कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

बिहीबार धनगढी नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले विश्व आक्रान्त भइरहेका बेला लकडाउनको क्रममा राहात वितरणको नाममा गुणस्तरहीन र अखाद्य सामाग्री वितरण गरेर जनताको स्वास्थ्यमाथि खेलवाड र अनियमितता कार्यको भत्र्सना गरेको छ ।

संविधानले प्रदत्त गरेको जनताको खाद्य अधिकारलाई कुण्ठित गरी गुणस्तरहीन राहात वितरण गर्ने जो कसैलाई छुट नभएको भन्दै कमिसनमा संलग्न कर्मचारी, जनप्रतिनिधी तथा ठेकेदारलाई कारबाही गर्न माग गर्दछौं धनगढी नगर कमिटी अध्यक्ष शुसिला बुढाथोकीद्धारा जारी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

उपमहानगरपालिकाले कुहिएको र कीरा परेको गुणस्तरहीन चामल सप्लाई गर्ने ठेकेदारलाई दोषी ठानी रु. दुई लाख जरिवाना कसुर बमोजिम नभई नाटकीय ढंगबाट भएको हुँदा सो कार्यको भत्र्सना गर्दै कानुन बमोजिम कारबाही अघि बढाउन विज्ञप्तिमा भनिएको छ ।

धनगढी उपमहानगरपालिले वडा नम्बर ४ उत्तर बेहडीमा वितरण चामलमा किरा र ढुसी फेला परेपछि सोमबार उपमहानगरपालिकाले भण्डारण गरेको वडा नम्बर ४शिवपुरीस्थित गोदाममा चेकजाँच गरिएको थियो । उपमहानगरपालिकालाई ठाकुर एग्रो इन्डष्ट्रिजले चामलआपूर्ति गरिरहेको छ । चामलको गुणस्तरमाथि नै प्रश्न उठेपछि भण्डार गरिएको गोदाममा राखिएका चामलको चेकजाँच गरिएको थियो । गोदाममा राखिएका चामलका बोरा खोलेर हेर्दा केही बोरामा कुहिएको र किरा परेको चामल भेटिएको थियो ।

धनगढी उपमहानगरपालिकाले अहिलेसम्म दुई करोड ६१ लाख रुपैयाँमा तीनहजार तीन सय क्वीन्टल चामल तथा आठ सय क्वीन्टल दाल लगायतका खाद्य सामग्री आपूर्तीका लागि सो फर्मलाई ठेक्कादिएको बताइएको छ ।

उपमहानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आक्रोशित स्थानीयले चामलफिर्ता थिए । राहत वितरणका लागिप्याक गरिएको चामलका बोरामा बाहिर कुनै छाप र उत्पादन मितिपनि उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार