२ जेष्ठ २०८१, बुधबार

कुहिएको चामल आपूर्ति गर्ने ठाकुरलाई दुई लाख जरिवाना



धनगढी । गुणस्तरहीन चामल आपूर्ति गर्ने धनगढीको ठाकुर एग्रो इन्ड्रष्टिज (ठाकुर टे«ड लिङ्क) लाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ मा वितरण गरेको राहतको चामल कुहिएको तथा किरा परेको फेला परेपछि आपूर्तिकर्ता ठाकुर टे«ड लिङ्कलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ । सो टे«ड लिङ्कले धनगढी उपमहानगरपालिकालाई राहतको चामल तथा दाल आपूर्ति गर्दै आएको छ ।

वडा नम्बर ४ मा वितरण गरिएको राहतको चामलमा किरा तथा ढुसी परेको भन्दै स्थानीयको गुनासोपछि उमहानगरपालिकाले छानबिनका लागि सम्वन्धीत निकायसंग अनुरोध गरेको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निरीक्षक कमलबहादुर पुनमगरले सो चामलको गुणस्तर छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर देखिएकाले आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई दुई लाख रुपैया जरिवाना गरिएको बताए । उनले भने– सो फर्मले ७ दिनभित्र जरिवाना दाखिला नगरेमा कारोवार नै बन्द गरि कारबाही अघि बढाइने छ ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले सो फर्मले प्रशोधन गरेको चामलको चेकजाँच गर्ने उपमहानगरपालिका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताए । उनले भने– त्यसमा पनि कैफियत देखिएमा थप कारबाही अघि बढाइने छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका निरीक्षक दिपक कुँवरले गलत गर्ने जो कोहिलाई पनि कारबाही गरिने बताए ।

ठाकुर ट्रेडलिंकले धनगढी उपमहानगरपालिकालाई राहतको चामल आपूर्तिको ठेक्का पाएको छ । सो फर्मले वडाको माग अनुसार सिधैं वडामा नै चामल (खाद्यान्न) आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार