५ जेष्ठ २०८१, शनिबार

प्रिन्सिपल भूषाल मृत्यु घटनाः विरोध प्रदर्शन स्थगित



धनगढी । कैलालीको गौरिगंगा नगरपालिका मसुरियाको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल तथा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत्यु घटनाको छानबिनका लागि दबाव दिन भईरहेको प्रदर्शन स्थगित गरिएको छ ।

हत्याको छानबिन र सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै दैनिक गौरीगंगा न.पा.को मसुरियामा हाल भईरहेका जनप्रर्दशनका कार्यक्रम जेठ ५ सम्म स्थगित गरिएको हो ।

बुधबार मसुरियामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले कृष्णप्रसाद भुसालको हत्या पश्चात् मसुरियामा हाल दैनिक जसो भईरहेका जनप्रर्दशन जेठ ५ गते सम्मलाई स्थगित गर्ने निर्णय गरेको हो ।

भुसाल हत्या प्रकरण सम्बन्धमा न्यायिक छानबिन गरि अपराधीलाई कारबाही गर्ने वातावरण सिर्जना गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लगायतका निकायमा दवाव दिने उदेश्यले २ वटा समिति गठन गरिएको छ ।

गौरीगंगा नगरप्रमुख भिम बहादुर देउवाको संयोजकत्वमा कृष्ण कुमार चौधरी, मदन राज जोशी, राम बहादुर कलेल र शिव प्रसाद खरेल रहनु भएको ५ सदस्यीय समन्वय समिति बनाईएको छ । त्यस्तै जनस्तरबाट न्यायपुर्ण दबाब सिर्जना गर्न देवीदत्त कडेलको संयोजकत्वमा ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

भुसालको सुनियोजित हत्या भएको सर्वदलीय सर्वपक्षीय बैठकले निष्कर्ष गर्दै दोषीलाई कारबाहीको लागि सबै तह र निकायमा दबाब दिने निर्णय गरिएको छ । घटनाको गम्भीर र गहन अनुसन्धान गर्न सम्बन्धि निकाय जिम्मेवार नभएमा जेठ ६ गतेदेखि संघर्षका कार्यक्रम तय गरेर वृहत् रुपमा दबाबमूलक कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक देवीदत्त कडेलले बताए ।

बैशाख ११ गते कुलप्रसाद भट्टले पटकपटक फोन गरेर बोलाए पछि २ बजे मसुरियाबाट घोडाघोडी १० पहलमानपुर गएका थिए । प्रिन्सिपल भूषाल सशस्त्र प्रहरी वल वेशक्याम्पदेखि तीन सय मिटर पश्चिममा मृत अवस्थामा भेटिएका थिए । शव फेला परेको स्थानदेखि करिब दुई किलोमिटर पश्चिममा शिवशंकर सामुदायिक वन किनारमा उनको चप्पल, माक्स र दुई क्वाटर रक्सी फेला परेको थियो ।

चप्पल माक्र्स भेटिएको स्थान देखि सय मिटर पश्चिममा सालको रुखको फेदमा रगत समेत भेटिएको थियो । घोडाघोडी १० आमखोईयासम्म साईकल डो¥याएर हिड्दै आएका प्रिन्सिपल भूषालको शव, चप्पल र रगत फरकफरक ठाउमा भेटिनुले उनको हत्या भएको प्रस्ट भएको स्थानीय तथा आफन्तको दाबी छ ।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले पा“च जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार