५ जेष्ठ २०८१, शनिबार

नेपाली कांग्रेसद्धारा सुरक्षाकर्मीलाई मिनरल पानी सहयोग



धनगढी । नेपाली कांग्रेस क्षेत्र नं ५ कार्य समिति , धनगढी उप–महानगरपालिका नगर कार्य समिति र क्षेत्रमा रहेका जिल्ला पदाधिकारी तथा सदस्यहरुले सुरक्षाकर्मी र प्रशासनलाई बुधवार मिनरल पानी सहयोग गरेका छन् ।

सिमामा खटिएका सशस्त्र प्रहरी, जनपद प्रहरी, जिल्ला प्रशासन कार्यालय कैलाली र क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुका लागि १ हजार पेटी पानी सहयोग गरेको क्षेत्र नं ५ का क्षेत्रीय सभापती हरीष खड्काले बताए । पानी हस्तान्तरण कार्यक्रममा नगरसभापती तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, जिल्ला सदस्य केशव मिश्र, क्षेत्रीय सचिव भिम पडाल, नगर सचिव यज्ञराज उपाध्याय, क्षेत्रीय सदस्य तथा तरुण नेता अमृत बिसी, क्षेत्रीय प्रतिनिधी नारायण पडालको उपस्थीति रहेको थियो । क्षेत्रीय सभापती खड्का र नगर सभापती वडले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पानी हस्तान्तरण गरेका हुन ।

उपलब्ध पानी मध्य सशस्त्र प्रहरीलाई ५ सय पेटी, जनपद प्रहरीलाई ३ सय पेटी, जिल्ला प्रशासन कार्यालयलाई १ सय र क्वारेन्टाईनमा रहेकाहरुलाई १ सय पेटी रहेको छ । असहज अवस्थामा पिउने मिनरल पानी उपलब्ध गराएको भन्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाली कांग्रेस नेपाली कांग्रेस क्षेत्र नं ५ कार्य समिति , धनगढी उप–महानगरपालिका नगर कार्य समिति र क्षेत्रमा रहेका जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार