५ जेष्ठ २०८१, शनिबार

कैलालीमा वीउविजनको अभाव



धनगढी । कैलालीमा किसानलाई रसायनिक मल तथा उन्नत जातको बिउबिजन पाउन समस्या भएको छ ।

सरकारले जारी गरेको लकडाउनका कारण आवश्यक मलखाद र विउ पाउन समस्या भएको हो ।
कैलारी गाउँपालिका वडा नं. ८ दुधियाका भलमन्सा राजाराम चौधरी भन्छन् यो वर्षको मौसममा निकै परिवर्तन देखिएको छ । पानी परेको पर्यै छ । किसानहरुलाई धनको वीउ छर्न निकै हतार भइसकेको भए पनि रासायनिक मल उपलब्ध नभएको उनले बताए ।

घोडाघोडी नगरपालिका का वडा ५ राजिपुर पचघरा बाधुराम चौधरी भन्छन् –‘यो बर्ष बर्खा चाडै लाग्ने जस्तो छ तर बैशाखको अन्तिम सधै धान को बीउ राखिने गरिन्थ्यो यो बर्स देशमा लकडाउन लागेको छ जसका कारण गाउँ घर तिरका सहकारी, साहु माहाजन बाट नत भारतीय बजारबाट पनि रासायनिक मल ल्याउन सकिने अवस्था छैन ।’

घोडाघोड नगर पालिका वडा ३ का बिहारी लाल चौधरी पायक परेका सहकारी सस्थामा बिहान ४ बजे देखि साझ ६ बजे सम्म लाइन बस्दा मल नपाएर फर्किएको बताए ।

यस्तै गौरीगंगा नगरपालिकामा रहेको नवज्योति सहकारी सस्थाले पनि आफना सहकारी सेयर सदस्यहरू रसायनिक मल बाडेको भएपनि सहकारी सस्थाका सेयर सदस्य नभएका किसानले रासायनिक मल पाउनबाट बन्चित भएको पाइन्छ ।

कृषि सामाग्री केन्द्र धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कैलालीका विभिन्न सहकारीहरु मार्फत रसायनिक मल बितरण गर्ने आधिकारिता पाएका छन ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले आफुहरुसंग स्टकमा भएको मलहरु विक्री गरेको बताए । दुबै सस्थाले रसायनिक मलको अभाव हुन नदिने दाबी गरे पनि कृषक भने बिश्वास गरेका छैन ।

नेपालमा कोरोना भाइरसको संक्रमण बाट बच्नका लागि नेपाल सरकारले लगाएको लकडाउनका कारण पछिल्लो समयमा कृषकलाइ गाह्रो बनाएको छ । लगाएको अन्न बाली भित्र्याउन पाएका छैन, कतै भने बर्ष भरी खानाका लागि जोहो गर्ने अन्नबाली किन्न समेत पाएका छैन ।

कृषि सामाग्री केन्द्र धनगढीले यी सिजनको लागि आवश्यक पर्ने रासायनिक मल वितरण गरेको छ ।

सामाग्री केन्द्रले कैलालीमा एक हजार ८० मेट्री टन युरिया, एक हजार दुई सय ४९ मेट्रीक टन डिएपि र ६८ मेट्रीक टन पोटास रासायनिक मल कैलाली जिल्ला रहेका विभिन्न सहकारी मार्फत बितरण गरिएको कैलालीमा रासायनिक मलको आपूर्ति सहज बनाउनका लागि नै सहकारी मार्फत वितरण गरिएको सामाग्री केन्द्रका धनगढीका प्रमुख नवल सिह बोगटीले जानकारी दिए ।

उनले भने ‘कृषकलाइ आवश्यक पर्ने रसायनिक मल कमि हुन दिदैनौ लकडाउनमा पनि कृषकलाइ मल चाहिएको मात्रमा पु¥याउछौ ।’ उनले कोरोना भाइरसले गर्दा भैरहवामा कडाइ गरेको भएपनि कृषि सामाग्री केन्द्र रासायनिक मल यहाँ उपलब्ध गराउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार