५ जेष्ठ २०८१, शनिबार

धनगढी उपमहानगरपालिका वडा नं २ को वडा कार्यालयमा तालाबन्दी



धनगढी उपमहानगरपालिका वडा नं  २ को वडा कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन् ।   पछिल्लो केहि दिनयता धनगढी उपमहानगरपालिका राहत वितरणको विषयमा विवादित बन्दै गएपछि स्थानियले तालाबन्दी गरेका हुन ।

बिहान ६ बजेबाट राहत वितरण कार्य सुरु गरिएको र एकाएक वडा अध्यक्षले बिना जानकारी राहत वितरण कार्य बन्द गरेर वडा बन्द गरि आफुहरुलाई बेवास्ता गरेको स्थानियले आरोप लगाएका छन् । लकडाउन प्रभावित नागरिकलाई गुणस्तरहिन चामल वितरण गरेको भन्दै नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) वडा कमिटीले तालाबन्दी गरेको हो ।  

वडा कमिटी संयोजक विष्णु पुरी द्धारा हस्ताक्षेरित विज्ञप्तीमा वडा कार्यालयले लकडाउनको उलंघन गर्दै राहत वितरण गरेको पनि उल्लेख गरिएको छ । वडा कार्यालयबाट वितरण हुने चामल गुणस्तरीय हुनुपर्ने र एकद्धार प्रणालीबाट वितरण हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार