१६ चैत्र २०८०, शुक्रबार

शान्त मौसमको आनन्द लिदै चराचुरुगी (फोटोफिचर)



आश्रीत चराहरुलाई आहारको समस्या

धनगढी । अहिले विश्व भरी कोरोना भाइरसको महामारीले विज्ञान समेत हार मानेको छ । सर्बक्षेष्ठ प्राणी मानिस घरभित्रै बन्दी भएको डेढ महिना बढी भएको छ । जंगलमा रम्दै आएका चराचुरुंगी भने शहर र सडक जंगल तिर निष्फिक्री हावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौं चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।

पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम संगीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ ।

चराविद् डा हेम सागर बराल भन्छन ‘यो समय गृष्मकालीन समय नेपालमा पाइने रैथाने प्रजातिका करिब ७०÷८० प्रतिशत चराहरुले प्रजनन गर्ने समय हो केही प्रजातिका चराले बच्चा समेत कोरल्ली सकेका छन् ।’ उनका अनुसार चराहरुले चैत, वैशाख र जेठमा महत्वपूर्ण समय मानिन्छ किनभने उनिहरुको फुल पार्ने, प्रजनन गर्ने र बच्चा कोरल्ने स्वतन्त्रता रुचाउने पंक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् ।

उनले शहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरु कुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरुमा अनेकौं प्रकारका चराहरुले बच्चा कोरलिरहेको बताए । उनले नेपालमा आठ सय ८६ प्रजातिका चरा भएको बताए ।

चराविद तथा नेपाल पंक्षी सरक्षण सघंका कृष्ण भुसालले भने ‘यो समयमा रैथाने तथा आगन्तुक चराहरुले नेपालका विभिन्न स्थानहरुमा स्वतन्त्रता पुर्बक आवाज जावात, आहार बिहार गरेका छन ।’ उनले आगन्तुक चराहरुलाइ लकडाउनले लाभ पुगेको बताए । उनले भने ‘मानवीय क्रियाकलापका कारण गुड बनाउन, प्रजनन गर्न, बच्चा कोरल्न असज वातावरण हुने गथ्र्यो तर लकडाउनले भने चराचुरुंगीहरुलाइ धेरै राहत पुगेको छ ।’

उनले नदीनालामा उत्खनन् रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा विभिन्न प्रजातीका चराहरु खोलाखोल्सीमा थोरै पानी जम्मा हुने ठाउँमा लकडाउनका कारण प्रदुषण घटेको र वातावरण सफा बनेकाले पनि चराका लागि अनुकूल बनेको बताए ।

उनले भने ‘यो समय कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके लगायत करीव ६२ प्रजातीका गृष्मकालीन आगन्तुक चराहरु दक्षिणी मुलुकहरु र अफ्रिकाबाट बचा कोरल्न नेपाल आईसकेका छन जसको प्रजननको लागि यो लकडाउन अनुकुल बनेको छ ।’

मेची नगरका चरा सरक्षणकर्मी तथा चरा प्रेमी देब्रेन्द्र खरेलले भने ‘ध्वनी प्रदूषण घटेपछि चराहरुले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन ।’ उनका अनुसार गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलंका र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् ।

लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन् नभएको कारण पानीचरासमेत उन्मुक्त भएका छन् । उनले हुटिट्याउ, सिम कुखुरा, बटाइ, जुरे कोइली, ठूलो जुरे कोइली, रंगीविरंगी काजले चरा, सानो मयुर, निलपुच्छ«ेलगायतका दर्जनौं नयाँ चराहरु यतिबेला झापाको घरगाउ“ छेउछाउका साना बनमा भेटिने गरेको बताए ।

विराटनगरका चराप्रेमी नवीन रेग्मीले नेपालमा लकडाउन भएपछि बगाले भ्याकुर, कोइली, कालोचिल, सिक्रा, हलेसी, कन्ठे ढुकुर, ठूलो गोकुल, मिल चरा, कुथुर्के जस्ता रैथाने तथा आगन्तुक चराहरु घर वरपर देखिने गरेको बताए ।

बर्दियाका चरा सरक्षणकर्मी तथा पद पर्दसक राम ब शाहीले लकडाउनले बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक चराहरु घरवरपर, सडक छेउछाउमा प्रसस्त रुपमा देखिने प्रजातिका चराहरु अझै पनि मानवाश्रित रहेको बताए । उनका अनुसार भँगेरा, काग, ढुकुर, मैना, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् ।

उनले भने –‘उनीहरु मान्छेले दिएका वा फ्याँकेको खानामा मै बाँचेका हुन्छन् । तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे तापनि आहारका लागि सकस भोगिरहेका छन् ।’

घोडाघोडी ताल क्षेत्रमा चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा मानिन्छ आजभोली लकडाउनका कारण चोरी सिकारीमा कमी, मानवीय क्रियाकलाप कमी आएको जनाइएको छ ।

चरा सरक्षणकर्मी मनिसा चौधरीले भनिन् –‘ताल क्षेत्रका चराहरु घर वरपर आउने भीडभाडमा नडराउने बानी परिसकेका मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे । यस्ता आश्रित चरा बन्दाबन्दीमा भोकले व्याकुल भएका छन ।’

तस्बिरः हिरु डंगौराको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार