५ जेष्ठ २०८१, शनिबार

नेपाली भूमि अतिक्रमण विरुद्ध प्रदर्शन



धनगढी । लिपुलेकमा नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरुद्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार धनगढीमा प्रदर्शन गरेको छ ।

नेविंघले धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरेको थियो । नेपाली भूमि अतिक्रमण बन्द गर, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाउ, नेपाली भूमि मिच्न पाइ“दैन, भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जोडने सडक निर्माण गरी उदघाटन गरेको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेको छ । सो अवसरमा जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले धनगढीसंगै महेन्द्रनगर, डोटी र डडेल्धुरामा पनि विरोध कार्यक्रमको आयोजना गरिएको बताए । लिपुलेक अतिक्रमण गरेको बिरोधमा भौतिक दुरी कायम गरी पुतला दहन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार