३ जेष्ठ २०८१, बिहीबार

उपमहानगरपालिकाले ल्यायो– काममा आधारित राहत कार्यक्रम



धनगढी । डेढ महिना बढिदेखि जारी लकडाउनका कारण दुईछाकको जोहो गर्न समेत समस्यामा परेका मजदूर तथा विपन्न वर्गलाई लक्षित गरि धनगढी उपमहानगरपालिकाले काममा आधारित राहत नीति ल्याएको छ ।

लकडाउनका कारण समस्यामा परेकाहहरुलाई उपमहानगरपालिकाले दुई चरणमा राहत सामग्री वितरण गरिसकेको छ । तर, सधैंभरी खाद्यान्न बा“डेर समस्या समाधान नहुने भन्दै उपमहानगरपालिकाले काममा आधारित राहत कार्यक्रम अघि सारेको छ । उपमहानगरपालिकाले सोमबारसम्म १३ हजार तीन सय सात परिवारलाई राहत वितरण गरिसकेको जनाएको छ ।

उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाई काममा लगाएर सो अनुसारको ज्याला दिने निर्णय गरेको जनाइएको छ ।

उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले श्रमिकहरुलाई काममा लगाएर पारिश्रमिकका रुपमा राहत दिने निर्णय भएको बताए । उनले भने– लकडाउनका कारण दुई महिना विकास निर्माण कार्य पनि ठप्प छन् । त्यसैले अब विकास अयोजनामा श्रमिकलाई सामाजिक दूरीसहित काममा लगाएर उचित पारिश्रमिक दिन्छौं ।

उपमहानगरपालिकाले लकडाउनका कारण काम नपाएर बसिरहेका श्रमिकहरुलाई परिचालन गरी विकास निर्माण कार्य अघि बढाउने कार्यक्रम बनाएको छ । नगर प्रमुख वडले भने– दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदूरहरुलाई सामाजिक दूरी सहित काममा लगाइने र त्यसले रोकिएका विकास निर्माण योजनाहरुको काम पनि द्रुत गतिमा अगाडि बढ्ने विश्वास लिएका छौं ।

लकडाउन अघि र पछि भारतबाट घर फर्केका नेपालीहरुलाई पनि आफ्नै गाउघरमा स्वरोजगारमा लगाउन विभिन्न सीपमूलक तालिम दिएर काममा लगाउने पनि उपमहानगरपालिकाले निर्णय गरेको छ । नगर प्रमुख वडले भने– हामी भारत तथा अन्य मुलुकबाट फर्केकाहरुलाई उनीहरुको माग बमोजिमको काम दिएर स्वरोजगार बनाउने नया“ प्याकेज ल्याउने तयारीमा छौं ।

उपमहानगरपालिकाका विपद् तथा वातावरण व्यवस्थापन उपसमिति संयोजक प्रेमसिंह विकका अनुसार अहिलेसम्म नगरका १९ वटै वडामा तीन हजार नौ सय १७ क्विन्टल चामल, दाल, चिनी, नुन, तेल र साबुन वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार