५ जेष्ठ २०८१, शनिबार

कैलालीमा लकडाउनकाे स्वरूप फेरियाे



धनगढी । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले भोलीदेखि लकडाउनको स्वरुप फेर्ने निर्णय गरेको छ। आइतबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयले पठाएको पत्रअनुसार मन्त्रीपरिषदले २४ गते गरेको निर्णयलाई नै कार्यान्वयन गर्ने निर्णय गरेको हो। 

जस अनुसार लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे गरेको निर्णयका सूची सार्वजनिक भएको छ। यस अवधिमा केही प्रक्रिया पुर्याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न पाइनेछ। उक्त अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइने छ।

खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुचारु गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार