५ जेष्ठ २०८१, शनिबार

हावाहुरीले ठूलाे क्षति



धनगढी । कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चलेको छ । आईतबार करिब साढे ३ बजेको समय देखि हावाहुरी चलेको थियो । पश्चिम तराईको मौसममा एकाएक बदली भएको छ । कालो बादलले आकाश छोपेपछि कैलाली, कञ्चनपुरसहितका जिल्लाहरुमा दिउँसै अन्धकार भएको थियो ।

एक्कासी चलेको हावाहुरीपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद राजु प्रधानांगले सुदूरपश्चिमबाट न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको र यो बिस्तारै पूर्वी क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो मेघगर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
हावाहुरीले के कति क्षति पुर्याएको छ भन्ने विस्तृत विवरण भने आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार