५ जेष्ठ २०८१, शनिबार

मुक्तिनाथ विकास बैंकद्धारा रातह वितरण



धनगढी । मुक्तिनाथ विकास बैंक धनगढी शाखाले सुन्दर सुदुरपश्चिम यातायात प्रालीमा आवद्ध मजदुरहरुलाई आज खाद्यान्न राहत बितरण गरेको छ ।

कोरोना भाइरस तथा रोकथाम नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन अफ्ट्यारोमा परेका मजदुरहरुलाई खाद्यान्न राहत बितरण गरिएको शाखाका प्रमुख उमेश जोशीले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले प्रालीसँग आवद्ध रहेका १०० जनालाई खाद्यान्न रातह वितरण गरेको जोशीले बताए । प्रती ब्यक्ति २० किलोग्राम चामल, २ किलोग्राम दाल र १ पोका खानेतेल बितरण गरिएको उनले बताए ।

राहत पाएका अधिकांस मजदुरहरुले खुशी व्यक्त गर्दै आफुहरुललाई प्रालिले अभिभावको भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार