५ जेष्ठ २०८१, शनिबार

मदिरा बरामद



धनगढी । कैलाली प्रहरीले धनगढीका विभिन्न स्थानबाट घरेलु तथा विभिन्न किसिमका मदिरा बरामद गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा र वडा नम्बर १२ बाट अन्दाजी २० हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो ।

चार सय ५० लिटर घरेलु कच्चा मदिरा र विभिन्न किसिमका सिल प्याक मदिार दुई सय २५ बोतल बरामद गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बरामद घरेलु मदिरा नष्ट गरिएको र सिल प्याक मदिरा कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाईएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार