५ जेष्ठ २०८१, शनिबार

चाेरी गर्ने र किन्ने तीन जना पक्राउ



धनगढी । कैलाली प्रहरीले चोरी गर्ने र चोरीका गरगहना खरिद गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षिय श्याम जोशी, २८ वर्षिय पंकज घिमिरे र शिवनगर बस्ने बेताल आरति सुनचा“दी पसल सञ्चालक २३ वर्षिय कमलेश भन्ने सुजल खनाललाई पक्राउ गरेको हो ।

घिमिरे र जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने रामबहादुर विकको श्रीमती रेखाको घरबाट गरगहना चोरी गरेका थिए । रेखा घरमा ढोकबन्दी गरी बारीमा गएको समयमा उनीहरुले दराजमा रहेको २ थान सुनको तिलहरी, हातको बाला, मोबाइल र नगद २० हजार रुपैया चोरी गरेको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार