२३ बैशाख २०८१, आईतवार

उपमहानगरपालिकालाई खाद्यान्न सहयोग



धनगढी । कैलालीको धनगढीस्थित किंग लज गेमिङ क्लबले धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

उपमहानगरपालिकाभित्र रहेका विपन्न वर्ग र गरिव परिवारलाई सहयोग पुगोस भन्ने उद्देश्यले शुक्रबार उपमहानगरपालिकाकालाई खाद्यान्न सहयोग गरेको हो ।

क्लबका प्रवन्धक श्रीजल थापाले धनगढी उपमहानगरपालिकाका नगर प्रमुखलाई खाद्यान्न हष्तान्तरण गरेका थिए ।

क्लबले उपमहानगरपालिकालाई चार क्विण्टल चामल, एक क्विन्टल दाल, १० कार्टुन तेल, दुई बोरा चिउरा, दुई बोरा नुन र एक बोरा चिनी सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार