२३ बैशाख २०८१, आईतवार

भारतमा अलपत्र परेका मजदुरको उद्दार गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



धनगढी । कोरोना भाईरसको महामारीपछि भारतमा अलपत्र परेका मजदुरहरुको उद्दारको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाईएको छ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले बुधबार मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउँदै नेपाल आउन चाहाने नागरिकलाई यथाशिघ्र स्वदेश भित्र्याउन पहल गर्न माग गरेको हो।

जनसम्पर्क समितिले भारतीय राजदुतावासले समेत आफ्नो जिम्मेवारीबाट पन्छीदा विभिन्न क्षेत्रमा कार्यरत मजदुर, अध्ययनरत विद्यार्थी, तीर्थयात्री एवंम् उपचारका लागि पुगेका विरामीहरुको बाच्न पाउने अधिकार सुनिश्चित गर्न राहत प्याकेज ल्याउन पनि प्रदेश सरकारसँग माग गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार