२३ बैशाख २०८१, आईतवार

एचआइभी संक्रमित बालबालिकालाई राहत वितरण



धनगढी । होपव्रिज संस्थाले सुदूरपश्चिमका तीन जिल्लाका एचआईभी संक्रमित बालबालिकाहरूलाई राहत वितरण गरेको छ ।

प्रदेशको कञ्चनपुर, डडेल्धुरा र अछाममा राहत विगतरण गरेको हो । राष्टिय एचआइभी एडस महासंघ नेपालको समन्वयमा संस्थाले प्रदेशका नौ वटै जिल्लामा राहत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

होपव्रिज संस्थाले विभिन्न संस्थामार्फत राहत सामाग्री वितरण गरेको जनाएको छ । सोमबार संस्थाले कञ्चनपुरमा नवआशा संस्थामार्फत ११ बालिका र सात बालक, मंगलबार डडेल्धुरामा सामुदायिक हेरचाह केन्द्रमार्फत एक बालिका र तीन बालिका र बुधबार अछाम जिल्लामा वाक नेपालमार्फत १४ बालिका र १७ बालकलाई राहत वितरण गरेको जनाइएको छ ।

संस्थाले १३ देखी १८ वर्ष मुनिका बालबालिकाहरूलाई लक्षित रहेको संस्थाका प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

उनले सम्बन्धीत वडासंग समन्वय गरेर लक्षित बालबालिकाहरूलाई ‘माया प्याक’ अन्र्तगत खाद्यान्न र कोरोना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उनका अनुसार प्रति बालबालिकालाई १० किलो चामल, पाँच किलो गहुँको पिठो, दुई किलो दाल, दुई किलो गेडागुडी, १० अण्डा, एक लिटर तेल, एक प्याकेट नुन, दुई प्याकेट लिटोका साथै कोरोना किटअन्र्तगत सावुन दुइ, सर्जिकल मास्क पाँच, जीवनजल पाँच, ह्याण्ड स्यानेटाइजर एक बोतल, कोरोना सम्बन्धी अध्ययन सामाग्रीहरू र बालिकाहरूलाई २० थान स्यानेटर प्याड वितरण गर्ने जनाइएको छ ।

प्रदेशमा तीन सय १० जना १८ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकाहरू रहेका छन । संस्थाका अनुसार ५० प्रतिशत बालबालिकाहरू टुहुरा रहेका छन भने ५० प्रतिशत १२ वर्ष मुनिका रहेको जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक सय २६ जना रहेका छन । तीन वटै संस्थाले होपव्रिज संस्थ र संस्थाका संयोजक बमलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार