२३ बैशाख २०८१, आईतवार

महासंघका अध्यक्ष साउदद्वारा विपन्न परिवारलाई राहत वितरण



धनगढी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष वीरबहादुर साउँदले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

अध्यक्ष साउँदले आफ्नै खर्चमा बुधबार वडा नम्बर १ का ३६ विपन्न परिवारलाई १० किलो चामल, दुई प्याकेट सोयाविन, एक प्याकेट तेल र एक प्याकेट नुन सहयोग वितरण गरेका छन् ।

उनले लकडाउनका कारण रोजगारी गुमेका र खाना खान समस्या परेका परिवारहरुलाई राहत उपलब्ध गराएको बताए ।

उनले आफूले केही विपन्न परिवारलाई राहत दिन सकेकोमा आत्मसंतोष लागेको बताए । साउद नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार