६ जेष्ठ २०८१, आईतवार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा गहुँ खरीद शुरु



धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले सोमबारदेखि गहुँ खरीद शुरु गरेको छ । कम्पनीले कैलालीका तीन वटा स्थानमा खरीद केन्द्र स्थापना गरि गहुँ खरीद शुरु गरेको जनाएको छ ।

कम्पनीका धनगढी कार्यालय प्रमुख अनिलकुमार श्रेष्ठले आइतबारदेखि नै गहुँ खरीद गर्ने निर्णय गरिएको भए पनि सोमबारदेखि मात्र गहु“ खरीद शुरु गरिएको बताए ।
उनले केन्द्र तीन वटा स्थान तोकिए पनि अहिले टीकापुरबाट मात्र गहुँ खरीद भइरहेको बताए । कम्पनीले धनगढीको मोहनपुर, टीकापुर र सत्तीमा काँटा राखेर गहुँ खरीद गरिने जनाएको छ । कम्पनीका धनगढी कार्यालय प्रमुख श्रेष्ठले सोमबार चार सय १७ क्विण्टल ५० किलो गहु“ खरीद गरिएको जानकारी दिए । भने मगलबार दुई सय ५० क्विण्टल गहुँ खरीद गरिएको छ । उनले यस वर्ष कम्पनीले १० हजार क्विण्टल गहुँ खरीद गर्ने लक्ष्य लिएको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष गहुँ खरीद गर्दै आएको छ । कम्पनीले गत वर्ष कैलालीमा चार हजार एक सय क्विण्टल गहुँ खरीद गर्ने लक्ष्य लिएको थियो । कम्पनीका प्रमुख श्रेष्ठका अनुसार गत वर्ष कैलालीमा दुई हजार चार सय क्विण्टल गहुँ खरीद गरिएको थियो ।
उनले यस वर्ष पनि लक्ष्य अनुसारको गहुँ खरीद गर्न सक्नेमा आशंका व्यक्त गरे । उनले भने–बजार भाउ नबढेमा हामीले लक्ष्यभन्दा पनि बढी गहुँ खरीद गर्ने छौं । उनले तोकिएको लक्ष्यभन्दा बढी गहुँ खरीद गर्नुपरेमा कोटा थप गरिने बताए । उनले किसानबाट सरकारले निर्धारण गरेको तीन हजार १५ रुपैयाँ प्रति क्वीन्टलमा गहुँ खरीद गर्न लागेको जानकारी दिए ।
सरकारले झण्डै दुई हप्ताअघि गहुँको मूल्य निर्धारण गरेको थियो । सरकारले गहु“को मूल्य निर्धारण गरे पनि किसानहरू भने लकडाउनका कारण गहुँ घरमै थन्काउन तथा सस्तो मूल्यमा विक्री गर्न बाध्य भएका छन् । किसानले व्यापारीलाई दुई हजार आठदेखि दुई हजार नौ सय प्रति क्विण्टल गहुँ बिक्री गर्नु परिरहेको गुनासो गरेका छन् ।
कम्पनीका धनगढी कार्यालय प्रमुख श्रेष्ठले भने– कैलालीको धान र गहु“ उत्पादन हुने क्षेत्रमा भजनी, थापापुर जोशीपुर र हसुलिया क्षेत्र मुख्य भएको हुन् । उनले खरीद केन्द्र राखेको स्थानबाट लक्ष्य अनुसारको गहुँ खरीद गरिने बताए । उनले भने– लकडाउनमा प्रशासनको सशर्त अनुमतिमा खरीद केन्द्र खोलेका छौं ।’ उनले खरीदकर्ता र बिक्री गर्ने किसानले सामाजिक दूरी र माक्सको प्रयोग गर्न अनिवार्य गरिएको बताए ।
कृषि ज्ञान केन्द्रका हरि जोशीका अनुसार कैलालीमा ३४ हजार पाँच हेक्टर क्षेत्रफलमा लगाएको उत्पादकत्व एक लाख सात हजार मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार