१० श्रावण २०८१, बिहीबार

चुरे गाउँ कमिटीद्वारा ४० क्वीन्टल चामल हस्तान्तरण



धनगढी । कैलालीको चुरे गाउँपालिकालाई ४० क्वीन्टल चामल हस्तान्तरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुरे गाउँ कमिटीले बुधबार गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरलाई सो खाद्यान्न राहात हस्तान्तरण गरेको चुरे गाउँ कमिटी सचिव किसन साउँद विशालले जानकारी दिए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले लकडाउनका कारण मारमा परेका व्यक्तिहरुलाई राहात प्रदान गरेकोमा गाउँ कमिटीलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश सदस्य हरिशंकर योगी, जिल्ला कमिटी सदस्य देबेन्द्र शाह, लोकबहादुर सारु, गाउँ कमिटी अध्यक्ष दानबहादुर महरा, गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँद, वडाध्यक्षहरु हुकुम बोहरा, टेकबहादुर शाह, प्रेमबहादुर साउँद लगायतको उपस्थिती रहेको सचिव साउँदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार