५ कार्तिक २०८१, सोमबार

दुई औषधि व्यवसायी कारवाहीमा



धनगढी । कैलालीका दुई वटा औषधी व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र आपुर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको संयूक्त अनुगमन टोलीले व्यवासायीलाई कारबाही गरेको हो ।

टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित सरोज मेडिकल हल र गोदावरी नगरपालिका वडा नम्बर २ स्थित हिमाल फार्मेसीलाई जरिवानासहितको कारबाही गरेको हो । धनगढीको सरोजलाई २० हजार र गोदावरीको हिमाललाई दुई लाख जरिवाना गरिएको आपुर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले बताए ।

उनका अनुसार सरोजलाई औषधि खरिद विल माग गर्दा देखाउन नसकेको र हिमालले सर्जिकल मास्कमा मूल्य वृद्धि गरेर विक्री वितरण गरिरहेको पाइएको थियो । आपूर्ती वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएपछि जरिवाना गरिएको जानकारी दिए ।

उनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ‘१’ (ख) बमोजिम तत्काल जरिवाना गरिएको बताए । उनले सोमबार धनगढी र गोदावरीमा रहेको छ वटा औषधी पसलमा अनुगमन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार