१० श्रावण २०८१, बिहीबार

होपब्रिजद्वारा एचआइभी संक्रमित बालबालिकालाई राहत



धनगढी । होपव्रिज संस्थाले कैलालीका दुई वटा स्थानीय तहमा एचआईभी संक्रमित बालबालिकाहरूलाई राहत वितरण गरेको छ ।

कैलालीको जोशीपुर गाउँपालिकामा शुक्रबार र बर्दगोरिया गाउँपालिकामा आइतबार राहत वितरण गरेको छ ।

राष्ट्रिय एचआइभी एडस महासंघ नेपालको समन्वयमा संस्थाले प्रदेशका नौ वटै जिल्लामा राहत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

संस्थाले १३ देखी १८ वर्ष मुनिका बालबालिकाहरूलाई लक्षित रहेको संस्थाका प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

उनले सम्बन्धीत वडासंग समन्वय गरेर लक्षित बालबालिकाहरूलाई ‘माया प्याक’ अन्र्तगत खाद्यान्न र कोरोना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उनका अनुसार प्रति बालबालिकालाई १० किलो चामल, पाँच किलो गहुँको पिठो, दुई किलो दाल, दुई किलो गेडागुडी, १० अण्डा, एक लिटर तेल, एक प्याकेट नुन, दुई प्याकेट लिटोका साथै कोरोना किटअन्र्तगत सावुन दुइ, सर्जिकल मास्क पाँच, जीवनजल पा“च, ह्याण्ड स्यानेटाइजर एक बोतल, कोरोना सम्बन्धी अध्ययन सामाग्रीहरू र बालिकाहरूलाई २० थान स्यानेटर प्याड वितरण गर्ने जनाइएको छ ।

प्रदेशमा तीन सय १० जना १८ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकाहरू रहेका छन । संस्थाका अनुसार ५० प्रतिशत बालबालिकाहरू टुहुरा रहेका छन भने ५० प्रतिशत १२ वर्ष मुनिका रहेको जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक सय २६ जना रहेका छन ।

यस्तै बन्दाबन्दीलाई सहज बनाउन सहयोग गरेको भन्दै वर्दगोरिया र जोशीपुर गाउँपालिकाले संस्थालाइ प्रशंसा पत्र प्रदान गरेका थिए । संस्थाको प्रशंसा पत्र बुझ्दै संयोजक महेन्द्र बमले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार